उखुमा प्रति क्विन्टल ६२ रुपैयाँ २८ पैसा अनुदान

अर्थ असोज १ २०७५ ekhabarnepal
1


काठमाडौं,असौज १ । सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको छ।आइतबार बसेको मन्त्रीपरिषद् बैठकले यो वर्षमा एक लाख टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको हो।

चिनी उत्पादक संघ र उखु उत्पादक महासंघको आग्रहमा सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएको हो।विदेशमा उत्पादन बढेपछि सस्तो चिनी भित्रिएर स्वदेशी उत्पादन बिक्री हुन सकेको छैन।दुर्इ साता अघि प्रधानमन्त्री केपीशर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडा र उद्योगमन्त्री मातृका यादब र चिनी उत्पादकलार्इ राखेर आयातमा प्रतिवन्ध लगाउन निर्देशन दिएका थिए।

नेपाल विश्व व्यापार संघको सदस्य भएकाले आयातमा प्रतिवन्ध लगाउन नमिल्ने भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिमाणात्मक बन्देज लगाउने प्रस्ताव मन्त्रीपरिषद्मा पठाउने निर्णय गरेको थियो।यो प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले चिनी आयातमा परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको हो।

सरकारले उखु उत्पादक किसानलार्इ उखुमा प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने समेत निर्णय गरेको छ। संघका अनुसार विदेशबाट दुर्इ लाख टन चिनी भित्रिसकेको छ।स्वदेशी उद्योगबाट उत्पादित १ लाख ७८ हजार टनसहित ३ लाख ७८ हजार टन चिनी अहिले मुलुकभित्र छ। चिनीको वार्षिक खपत साढे २ लाख टन छ।विदेशबाट सस्तो चिनी आयात भएपछि स्वदेशी उद्योग संकटमा परेका छन्। संघका अनुसार ५४ हजार टन मात्रै चिनी बिक्री भएको छ।अहिलेपनि १ लाख २४ हजार टन चिनी मौज्दात छ।
 
 

प्राप्त प्रतिकृयाहरू

To Top