फिलिपिन्समा आँधीका कारण १४ जनाको मृत्यु,५० लाख प्रभावित  

विश्व भाद्र ३१ २०७५ ekhabarnepal
999090

काठमााडौं भाद्र ३१, 
 फिलिपिन्समा म्यङ्गकुट नामक आँधी, वर्षाकारण १४ जनाको मृत्यु भएको छ । बाढीका कारण ५० लाख मानिस प्रभावित भएका छन् ।
फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीप तहस नहस भएको छ । आँधीको कारण फिलिपिन्सका धेरै घरका छाना उडेका छन् । धेरै रुखहरु ढलेका छन् । ४२ स्थानमा भूक्षय गएको छ ।  विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले यो आँधीलाई सबैभन्दा शक्तिशाली भनेको छ । आँधी पश्चिम चीनतर्फ अघि बढेको छ । पूर्वानुमान गरिएअनुसार आइतबार दिउँसोसम्म यो आँधी हङकङ नजिक पुग्ने छ । चीनमा सतर्कता अपनाइएको छ र चिनियाँ नागरिकलाई सतर्क रहन सूचित गरिएको छ ।

आँधीले क्षति पुर्‍याउन सक्ने आशंकामा मकाउका बासिन्दाले पनि सतर्कता अपनाएका छन् ।  डब्ल्यूएमओका अनुसार यो आँधी मंगलबारसम्म कमजोर हुने छ ।

प्राप्त प्रतिकृयाहरू

To Top