फिलिपिन्समा शक्तिशाली आँधी :आँधीका कारण तीन जनाको मृत्यु

विश्व भाद्र ३० २०७५ ekhabarnepal
8897898philippines hurricane

फिलिपिन्स भदौ ३०,
 फिलिपिन्समा पनि शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । आँधीका कारण अहिले सम्म तीन जनाको मृत्यु भएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले जनाएका छन् । 

फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र बर्षाले आफ्नो मार्गमा पर्ने क्षेत्रको धेरै भौतिक संरचनामा क्षति पुर्याउने अनुमान गरिएको छ । यस आँधीको मार्गमा ४० लाखभन्दा बढी मानिसहरू रहेका छन् । प्रतिघण्टा १८५ किलोमिटरका दरले आँधी आएको मौसम अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले आँधी आउने बेलामा घरबाहिर ननिस्कन र सुरक्षित तरिकाले घरभित्रै बस्न आह्वान गरेका थिए । 

स्थानीय समयानुसार गएराती १ बजेर ४० मिनेटपछि आँधी त्यहाँ आइपुगेको थियो । आँधीपछि त्यो क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । आँधी आउदो मङ्गलबारसम्म नै जारी रहने अनुमान गरिएको छ । यो अवधिमा सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् । 


फिलिपिन्समा प्रत्येक बर्ष औसतमा २० ओटा यस्तै आँधी आउने गरेका छन् भने सयौँको मृत्यु हुनेगरेको छ । त्यसैका कारण दशौँ लाख गरिबीको रेखामुनी पर्ने गरेका छन् । त्यसैगरी हजारौ बासिन्दा बाढी पहिरोबाट पनि प्रभावित हुने गरेको समाचारमा जनाइएको छ । 

रासस/एएफपी

प्राप्त प्रतिकृयाहरू

To Top