'निर्मला पन्त हत्या प्रकरण':अपराधमा संलग्न जो कोहीलाई पनि छाडिनेछैन - गृहमन्त्री थापा

राजनीति भाद्र २९ २०७५ ekhabarnepal
655547896

काठमाडौं भदौ २९,
 कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणबारे राष्ट्रिय सभा बैंठकमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कन्चनपुर घटनामा सरकार गंभिर रहेको र छानबिन अन्तिम चरणमा पुगेको बताउनुभएको छ । संसदमा बोल्दै गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणले मुुलुकभर चिन्ता प्रकट भइरहेको भन्दै सरकार यस घटनामा गंभिर भइरहेको बताउनु भयो । 

बिहीवारको प्रतिनिधिसभा बैंठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले जवाफ माग गरेपछि थापाले शुक्रवार जवाफदिनुभएको हो । ‘घटनाको छानबिन करीब–करीब अन्तिम चरणमा पुगेको छ,’ गृहमन्त्री थापाले भन्नुभयो, ‘जनस्तरबाट गम्भीर चिन्ता पैदा भएको छ, दोषीमाथि कठोर कारवाही होस्, न्यायको कठघरामा परुन् र पीडितलाई न्याय मिलोस् भन्ने चिन्तामा गृहमन्त्रीको तर्फबाट सम्मान गर्छु र जिम्मेवारी रुपमा काम गर्न निर्देशन दिइएको छ ।’ 

गृहमन्त्री थापाले अपराधीहरु छिट्टै कानूनको कठघरमा उभिने बताउनुभएको छ ।  उच्चस्तरीय छानबिन समितिका एक जना सदस्य उपसचिव विरेन्द्र केसीले राजीनामा दिएको सन्दर्भमा गृहमन्त्री थापाले गृह मन्त्रालयले शान्तिसुरक्षा दिने प्रतिवद्धता जनाएपछि केसी काममा फर्किएको बताउनुभयो । 

संसदमा जवाफ दिंदै गृहमन्त्री थापाले अपराधमा संलग्न रहेका जो कोहीलाई नछाडिने र अपराधी बचाउनका लागि यदी कोही लागेको रहेछ भने उसलाई पनि नछाडिने बताउनुभयो । महिला हिंसा, बलात्कार र हत्याजस्ता अपराधका घटनामा सरकारले सुन्य सहनशिलता राख्ने बताउँदै मन्त्री थापाले निश्पक्षछान बिनलाई प्रभावित पार्न कोही कसैका अभिव्यक्ति वा कृयाकलापहरु हुन नहुने बताउनु भयो । सरकारले छिट्टै दोषीलाई कार्वाही र पीडित परिवारलाई न्याय दिएरै छाड्ने र्गहमन्त्रकिो भनाई थियो ।  हिजो विहिवार प्रतिपक्षीले सदनमा जवाफ मागेपछि गृहमन्त्रीले आज शुक्रबार जवाफ दिनुभएको हो  ।

प्राप्त प्रतिकृयाहरू

To Top