निर्मला पन्त बलात्कार हत्या प्रकरण:कञ्चनपुरका एसपी डिल्लीराज विष्टको डीएनए परीक्षण 

समाज भाद्र २९ २०७५ ekhabarnepal
Dna test46746747

काठमाडौं भाद्र २८, 
 निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि डीएनए परीक्षण थालेको छ ।त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्टको डीएनए परीक्षण थालिएको हो । अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्ती नेतृत्वको टोलीले विष्टको डीएनए परीक्षणका लागि बिहान रगतको स्याम्पल लिएको स्रोतले बतायो ।

उनीसँगै विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुको पनि डीएनए परीक्षण गर्ने तयारी थालिएको जनाइएको छ ।यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएनए रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका छन् ।

त्यस्तै, निर्मला पन्तको हत्या हुनु अगाडि उनी गएको घरकी रोशनी र बबिता बम पनि छुटिसकेका छन् । रोशनी हाजिर जमानीमा छुटेकी थिइन् भने बबिता ३० हजार रुपैयाँ धरौटीमा छुटेकी हुन् । विष्टलार्इ प्रहरी प्रधान कार्यालयले निलम्बन गरिसकेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top