"व्यक्तिको मुख नहेरौँ,योग्यलाई जिम्मेवारी दिऔँ " –माधव नेपाल

राजनीति भाद्र २८ २०७५ ekhabarnepal
9991973202763oli dahal

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ने क पाको प्रदेश र जिल्ला तहका कमिटी एकीकरणमा किचलो देखिएको छ । यसअघि तय भएका मापदण्डका आधारमा नेतृत्व बाँडफाँट टुङ्ग्याउन नसकेपछि बिहीबार बस्ने सचिवालय बैठकले नयाँ मापदण्ड बनाएर एकीकरण प्रक्रिया टुंग्याउने बताइएको छ ।

बुधबार चारघन्टा लामो छलफल भए पनि सचिवालय बैठकले विषय टुंग्याउन सकेन । बैठकमा महासचिव विष्णु पौडेलले एउटा विधि बनाएर नेतृत्वको विषय टुंग्याउनुपर्ने र आधारभूत तहसम्मका कमिटी एकीकरण गर्न समय लाग्नसक्ने सम्भावना औँल्याएका थिए ।
असअघि भदौ पहिलो साता बसेको सचिवालयको बैठकले कसकसलाई जिम्मेवारी नदिने भनेर मापदण्ड तयार पाएको भए पनि कसलाई नेतृत्व दिने भन्ने विधि तय नभएकाले अन्यौलता बढेको नेताहरू बताउँछन् ।

बुधबारसम्म सात मध्ये छ प्रदेश कार्यदलले प्रतिवेदन बुझाएका छन् । त्यसमध्ये सात, पाँच, तीन, कर्णाली प्रदेशले पूर्ण प्रतिवेदन बुझाएका छन् भने प्रदेश एक, गण्डकीले नेतृत्वको अनुपात (पूर्वएमाले र पूर्वमाओवादीले पाउने संख्या) टुंग्याएर पठाएका छन् ।
कतिपय जिल्लामा कार्यदलले प्रतिवेलन नबुझाउँदै र कतिपय जिल्लामा प्रतिवेदनसँगै गुनासासमेत आएकाले नेतृत्व बाँडफाँटको विषय पेचिलो बनेको नेताहरू बताउँछन् ।

त्यस्तै पाँच नम्बर प्रदेशका १२ जिल्ल्लामा १ पदमा एकजना पनि आफ्ना मानिस नपरेको भन्दै माधव नेपाल पक्षधर रुष्ट बनेको छ । यस्तै समस्या जनसंगठनमा पनि देखिएको छ । २२ जनसंगठनमध्ये ४ संगठन (अनेरास्ववियू, युवा संघ, मजदुर संगठन, महिला संगठन)ले प्रतिवेदन अझै बुझाएका छैनन् ।

माधव नेपालको प्रस्ताव– व्यक्तिको मुख नहेरौँ, योग्यलाई जिम्मेवारी दिऔँ 

यसअघि जिल्ला अध्यक्ष, सचिव रहेका र मापदण्डले नरोकेकालाई जिम्मेवारीबाट अलग्याइन नहुने तर्क नेता नेपाल पक्षको छ ।“यसअघि जिल्ला अध्यक्ष, सचिव रहेका र अहिले कुनै जिम्मेवारीमा नरहेका, नेतृत्वमा जान कुनै मापदण्डले नरोकेकालाई अनुहार हेरेर जिम्मेवारीबाट अलग्याउन मिल्दैन । विधि बनाएर नेतृत्वको विवाद हल गर्नुपर्छ,” नेता नेपाल निकट केन्द्रीय सदस्यले बाह्रखरीसँग भने ।
उनका अनुसार विधि र नेतृत्व छनोटको मापदण्ड तय नगर्ने हो भने एकीकरण प्रक्रियामा सबैलाई समेट्न पनि सकिँदैन । एकीकरणको सट्टा फाटो पैदा हुन्छ ।


बिहीबार बस्ने सचिवालयको बैठकले प्रदेश इन्चार्ज तोक्ने सम्भावना रहेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउँछन् ।  “बिहीबार (आज) बस्ने सचिवालयको बैठकको एजेन्डामा प्रदेश इन्चार्ज तोक्ने पनि छ,” उनले भने, “एकीकरण प्रक्रियालाई यसरी पनि टुङ्ग्याउन सकिन्छ भन्ने एउटा प्रस्ताव होला ।”त्यस्तै उनले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबाट नयाँ मापदण्ड तोकेर नेतृत्व टुङ्ग्याउनुपर्ने विषय उठेको जानकारी दिए ।

प्राप्त प्रतिकृयाहरू

To Top