विश्वकप विजेता 'ह्युगो लोरिस'द्धारा जेल सजाय अस्वीकार

विश्व भाद्र २८ २०७५ ekhabarnepal
6666lloris120918a

लण्डन भदौ २८, 
 विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गर्नुभएको छ । लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उहाँलाई जेल सजाय तोकिएकोमा अस्वीकार गर्नुभएको हो । 

लोरिसले जेल सजाय अस्वीकार गरे पनि २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ६५ हजार डलर जरिवानाका लागि भने सहमत हुनुभएको छ । “गत जुलाई १५ तारिखका दिन उहाँ विश्वकै सबैभन्दा गौरवपूर्ण व्यक्ति बन्नु भएको थियो, उहाँकै नेतृत्वमा फ्रान्सले रुसको मस्कोमा विश्वकपको उपाधि प्राप्त गरेको थियो” वकिल डेभिड सोनले भन्नुभयो । 

“सो उपाधि प्राप्त गरेको करिब दुई महिनामा उहाँ लण्डनको मध्य भागमा पक्राउ पर्नुभएको छ” ती वकिलले थप्नुभयो, “उहाँले आज अदालतमा क्षमा याचना गर्नुभएको छ ।” लोरिसलाई फ्रान्समा अत्यधिक सम्मान गरिन्छ भने, उहाँ अहिले विश्वकै सर्वाधिक आदरणीय व्यक्ति मानिनुहुन्छ । 

डेलि मेल पत्रिकाका अनुसार लोरिसले मादक पदार्थ सेवन गर्नुभएको प्रहरीको विवरणमा देखिएको छ । बेलायतमा ३५ माइक्रोग्राम भन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ । 

लोरिसले एक विज्ञप्तिमार्फत परिवार, क्लब, सहकर्मी र समर्थकहरुसँग क्षमा याचना गर्नुभएको छ । ‘मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु सम्पूर्ण रुपमा मेरो कमजोरी हो’ म स्वीकार गर्दछु ’ उहाँले भन्नु भयो । तर सधैँ यस्तै गति भने नहुने उहाँद्वारा जारी विज्ञप्तिमा प्रष्ट पारिएको छ । रासस/एएफपी

प्राप्त प्रतिकृयाहरू

To Top