नेपालको राष्ट्रिय फुटबल टिम आज स्वदेश फिर्ता

खेल भाद्र २८ २०७५ ekhabarnepal
Nepal 6476578568

काठमाडौं भाद्र २८, 
बंगलादेशमा जारी साफको १२ औ संस्करणमा माल्दिभ्ससँग पराजित भएको नेपालको राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ । नेपाली टिम बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुग्नेछ ।
सेमिफाईनलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको थियो । समुह चरणका खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा भने गतिलो खेल खेल्न सकेन ।
समुह चरणमा नेपालले बंगलादेश र भुटानमाथि जित निकालेको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top