न्याम्सको उपकुलपतिमा ६ जनाको नाम छनोट

स्वास्थ्य भाद्र २७ २०७५ ekhabarnepal
Bir


काठमाडौं,भदौ २७
 चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपतिका लागि ६ जनाको नाम छनोट गरिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको संयोजकत्वमा गठित समितिले २२ जनामध्येबाट ६ जनाको सूची तयार पारेको हो। सूचीमा डा विधाननिधी पौडेल, डा ढुण्डीराज पौडेल, डा, देवनारायण शाह, डा विश्वनाथ यादव, डा अजित रायमाझि र डा गेहनाथ बराल छन्।

समितिले प्रारम्भिक छनोटमा परेका ६ जनालाई भदौ ३१ गते कार्ययोजना प्रस्तुतिका लागि बोलाउने निर्णय गरेको समितिका सदस्य डा सुशीलनाथ प्याकुरेलले जानकारी दिए। उनका अनुसार ३१ गते उत्कृष्ट प्रस्तुति दिने ३ जनालाई छनोट गरी कुलपति समक्ष नाम पठाइन्छ।

डा प्याकुरेलका अनुसार उपकुलपतिका लागि आवेदन दिएका २२ जनामध्ये अनुभव, विवादमा नआएका, अनुसन्धानमा सक्रिय, राजनीतिक पार्टीसँग सिधा नाम नजोडिएका लगायतका विषय हेरेर ६ जनालाई प्रारम्भिक रुपमा छनोट गरिएको हो।

मन्त्रालयले गत २९ गते उपकुलपतिका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको थियो। 

समितिले छनोट गरेका नामका आधारमा प्रतिष्ठानको सहकुलपति समेत रहेका मन्त्री यादवले उपकुलपति नियुक्तीका लागि कुलपति तथा प्रधानमन्त्रीलाई नाम सिफारिस गर्नेछन्। सोही आधारमा प्रधामनमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन्।

तीन सदस्यीय छनोट समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटा पनि सदस्य छन्। 

यी थिए २२ प्रतिस्पर्धी

१) प्रा.डा. सिताराम चौधरी
२) प्रा.डा. गणेशबहादुर गुरुङ्ग
३) प्रा.डा. स्वयं प्रकाश पण्डित
४) प्रा.डा. अनिल कुमार मिश्र
५) डा. पियुष दाहाल
६) प्रा.डा. श्रीकृष्ण गिरी
७) प्रा.डा. बुलन्द थापा
८) प्रा.डा. गेहनाथ बराल
९) डा. राम परिक्षण यादव
१०) प्रा.डा. किरण मानन्धर
११) प्रा.डा. विधाननिधि पौडेल
१२) प्रा.डा. रमिला श्रेष्ठ
१३) प्रा. डा. विजय कुमार शर्मा
१४) प्रा.डा. यहुनचन्द्र शिवाकोटी
१५) डा. विश्वनाथ यादव
१६) डा. देवनारायण शाह
१७) प्रा.डा ढुण्डिराज पौडेल
१८ प्रा. डा. अजित रायमाझी
१९) प्रा.डा. जागेश्वर गौतम
२०) प्रा.डा. रेवती रमणजी मल्ल
२१) डा. पुकार चन्द्र श्रेष्ठ
२२) डा. भोलाराम श्रेष्ठ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपतिका लागि ६ जनाको नाम छनोट गरिएको छ। 

प्राप्त प्रतिकृयाहरू

To Top