कृष्ण आचार्यको पहिलो उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक 

मनोरञ्जन भाद्र २५ २०७५ ekhabarnepal
Acharya kaiv50lkf1

काठमाडौं भाद्र २५, 
 पत्रकार तथा लेखक कृष्ण आचार्यको पहिलो उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक भएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रमको बीच उनको उपन्यास सार्वजनिक भएको हो।

साहित्यकार कृष्ण धारावासी, कवि ज्योति जंगल र गायक हेमन्त शर्माले सामूहिक रूपमा उपन्यास सार्वजनिक गरेका हुन्।उपन्यास सार्वजनिक गर्दै कवि ज्योति जंगलले उपन्यास समय सापेक्ष भएकाले यसले सबैको मन जित्ने विश्वास व्यक्त गरिकी छन ।

गायक हेमन्त शर्माले यो उपन्यास समय सापेक्षिक र युवा केन्द्रीत भएको धारण राखेका छन । उनले बजारमा खुबै चलेका भनिएका उपन्यासभन्दा अप्रिल फुल कुनै कुरामा कम नभएको बताएका छन ।साहित्यकार कृष्ण धारावासीले ‘अप्रिल फुल’ उपन्यासलाई किशोर साहित्यको संज्ञा दिएका छन्। यो पुस्तक १३ वर्ष देखि १८ वर्षसम्मको युवाको सोचाइ र भावना समेटिएको उनले बताएका छन।

लेखक आचार्यले ‘अप्रिल फुल’ उपन्यास यो समयको सत्यतालाई फिक्सनमा रुपान्तरण गरेको बताए। ‘ यो उपन्यास लेख्न उनलाई ४ वर्ष लागेको बताए । उपन्यासभित्र पाठकले आफू र आफ्नो सामाजिक परिवेश पाउनेछन् ।’ उपन्यासले मनोरञ्जनका साथै ज्ञान पनि दिन खोजेको उनले बताएका छन ।

प्राप्त प्रतिकृयाहरू

To Top