गोरखाबाट काठमाडौं आउदै गरेको हेलिकप्टर दुर्घटना ! 

समाज भाद्र २३ २०७५ ekhabarnepal
Download99

काठमाडौं भाद्र २३ , 

गोगोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परेको छ । गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँबाट ६ यात्रु बाकेर उडेको हेलिकोप्टोर धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक दुर्घटनामा परेको बताइएको छ ।

गोरखाको सानोगाउँबाट उडेको केही मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको हो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले घटनाको पुष्टि गरेका छन् । हेलिकप्टरमा ६ जना यात्रु र एक जना क्याप्टेन रहेका थिए । हेलिकप्टर बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने थियो । अन्य जानकारीका लागि प्रयास भईरहेको उनले बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top