चर्चित अभिनेत्री पायल मृत अवस्थामा फेला ! 

मनोरञ्जन भाद्र २२ २०७५ ekhabarnepal
0909065698284789789

 बंगालकी चर्चित फिल्म तथा टिभी अभिनेत्री पायल चक्रवर्ती मृत फेला परेकी छन् । बुधबार सिलिगुडीको एक होटलमा उनी मृत फेला परेकी हुन् । उनको हत्या भएको हो वा आत्महत्या, यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । होटलका कर्मचारीका अनुसार पायल त्यहाँ मंगलबार नै आएकी थिइन् ।

उनको ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली त्यहाँ पुग्दा उनी कोठाको पंखामा झुण्डिएको अवस्थामा थिइन् ।

३६ वर्षीया पायलको केही दिनअघि मात्र पतिसँग डिभोर्स भएको थियो । जसकारण उनी तनावमा थिइन् । उनको एक छोरा छ । डिभोर्सपछि उनी कोलकत्तामा अभिभावकसँग बस्दै आएकी थिइन् ।

प्राप्त प्रतिकृयाहरू

To Top