नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्कदै

खेल भाद्र २२ २०७५ ekhabarnepal
Nepali toli 8987

मलेसियामा सम्पन्न एसिया कप छनोट क्रिकेटमा सहभागी नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्कदैछ । पारस खड्का नेतृत्वको नेपाली टोली दिउँसो साढे १२ बजे काठमाण्डौ आईपुग्ने टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकोटीले जानकारी दिनुभयो ।

६ राष्ट्र सहभागी प्रतियोगीतामा कमजोर प्रर्दशन गरेको नेपाल, ऐतिहासिक अवसरबाट वञ्चित हुँदै घर फर्किन लागेको हो । प्रतियोगीतामा खेलेका ५ मध्ये नेपालले ३ खेलमा हार र २ मा जित हासिल गरेको थियो । आयोजक मलेसीया र सिंगापुलाई हराएको नेपालले, ओमान, युएई र हङकङसँग पराजय भोगेको थियो ।

छनोटको उपाधि भने हङकङले हात पार्यो । हिजो भएको फाईनलमा युएईलाई २ विकेटले हराउदै हङकङले एसियाकप क्रिकेटमा स्थान बनाएको हो । युएईमा सेप्टेम्बर १५ देखी २८ सम्म चल्ने प्रतियोगीतामा हङकङले ईण्डिया र पाकिस्तान रहेको समुह एबाट प्रतिस्पर्धा गर्नेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top