साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता: नेपाल आज दोस्रो खेल भुटानसंग खेल्दै

खेल भाद्र २१ २०७५ ekhabarnepal
Nepali futball090809

काठमाडौं भाद्र २१,
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आज दोस्रो खेल भुटानसंग खेल्दैछ ।
बंगलादेशमा जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउ“सो पौने ४ वजे ढाकाको बंगबन्धु रंगशालामा हुनेछ ।

नेपाली फुटबल टोली अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन । यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ । मंगलबारबाट सुरु भएको पहिलो खेलमा नेपाल पाकिस्तानसंग २–१ ले पराजित भएको थियो । प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी सात राष्ट्रको सहभागिता रहेको छ । नेपालसहित बंगलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा छन् । त्यस्तै भारत, माल्दिभ्स र श्रीलंका समूह ‘बी’ मा छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top