एशिया कप छनोटको अन्तिम खेल:हङकङलाई पराजित गर्नुपर्ने लक्ष्य तर खराब सुरुवात 

खेल भाद्र १९ २०७५ ekhabarnepal
Nepal876968968

काठमाडौ भदौ १९, 
 मलेसियामा जारी एशिया कप छनोटको अन्तिम खेलमा हङकङविरुद्ध नेपालले अर्को विकेट गुमाएको छ ।  २२ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर खेलिरहेको छ ।छैठौ विकेटका रुपमा सागर पुन ७ रनमा आउट भए । यसअघि पाँचौं विकेटका रूपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको थियो। ऐरीले ६ बल खेल्दै २ रन बनाएर आउट भए।

यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले १२, अनिलकुमार साहलाई १५ रनमा गुमाएको थियो। यसअघि कप्तान पारस खड्का १४ तथा सुबास खकुरेल शून्यमा आउट भएका थिए।यो सँगै नेपालले २१ ओभरको खेलमा ५ विकेट गुमाएर ५५ रन बनाएर खेलिरहेको छ।हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने लक्ष्य लिएको नेपालले खराब सुरुवात गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top