नेपाल सिंगापुरविरुद्ध जवाफि ब्याटिङ गर्दै:नेपालको चौथो विकेट पतन,उपकप्तान ज्ञानेन्द्र आउट

खेल भाद्र १७ २०७५ ekhabarnepal
Z09iklmklo6dvrvo v6o05x93r8

काठमाडौ भाद्र १७ ,  
एसिया कप छनोट क्रिकेटमा नेपालले जवाफि ब्याटिङ गरिरहेको छ।  मलेसियाको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा १५१ रनमा अलआउट भएको छ। 
१५२ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालको अहिले चौथो विकेट पतन भएको छ।

 चौथो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल शरन स्वामीनाथनको बलमा २९ रन बनाएर आउट भएका छन्।  तेस्रो विकेटका रुपमा सुवास खकुरेल १४ रन बनाएर आउट भएका  थिए। पहिलो विकेट अनिल कुमार शाहको पतन भएकोमा दोस्रो विकेट भने नेपालका कप्तान पारस खड्का आउट भएका थिए। नेपाल ४ विकेटको क्षतिमा ११९ रन बनाएर खेलिरहेको छ। नेपाललाई जीतका लागि ३३ रनको आवश्यकता रहेको छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top