नेपाललाई सफलताको सुरुवात 

खेल भाद्र १७ २०७५ ekhabarnepal
Download 1 289978078

भाद्र १७,
एसिया कप छनोटमा सिंगापुरविरुद्धको खेलमा नेपालले १५२ रनको लक्ष्य पाएको छ । मलेसियाको यूकेएम ओभलमा भएको खेलमा सिंगापुरले ४२ ओभर खेल्दै सबै विकेट गुमाएर १५१ रन बनाएको हो ।

पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो ।
टस जितेर ब्याटिङ्ग थालेको सिंगापुरले तीन विकेट गुमाएको छ । नेपालका सोमपाल कामीले २ र ललित नारायण राजवंशीले १ विकेट लिएका हुन् ।

सिंगापुरले सुरुको चार ओभरकै खेलमा तीन विकेट गुमाएको हो ।
नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा छ ।  नेपालले सिंगापुरसँग अहिलेसम्म ५ पटक खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top