बोक्सीको आरोपमा सासुको हत्या

समाज भाद्र १६ २०७५ ekhabarnepal
40421331 260271947951278 2439582788958027776 n

 

दाङ,भदौ १६ – बोक्सीको आरोपमा दाङको तुलसीपुरमा एक महिलाले सासुको हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ की टंकी रावतले बोक्सीको आरोपमा ६९ वर्षीय सासु खोपी रावतको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हत्यामा संलग्न बुहारी टंकीलाई प्रहरीले पक्राउ गरेको छ । टंकीले आफूलाई झाक्रीले घरमै बोक्सी रहेको बताएपछि सासुको हत्या गरेको बयान प्रहरीलाई दिएकी छन् ।

झाक्रीकोमा झारफुक गर्न बुहारी र सासु सँगै गएका थिए । भदौ ५ गते झारफुक गरेर फर्कने क्रममा हत्या भएको प्रहरीले जनाएको छ ।
टंकीले आफू लगातार बिरामी भइरहेको र झारफुक गर्दा प्राय जसो स्थानमा आफ्नै सासु बोक्सी भएको र निजकै कारणले गर्दा आफू बिरामी भइरहने भन्ने गरेको र सासु बाचुन्जेल सम्म निको नहुने बताएपछि हत्या गरेको प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

सल्यान जिल्लाको कपुरकोट गाउपालिका वडा नम्बर २ भकम भन्ने स्थानमा हत्या गरेर फालेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सव सडेको अवस्थामा छ । घटनामा संलग्न टंकी रावतलाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top