पर्यटक बस दुर्घटना भएपछि तीन जना मन्त्रीले दिए राजीनामा  

विश्व भाद्र १६ २०७५ ekhabarnepal
Acc

सोफिआ  भाद्र १६,  
 बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् ।पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन्नु ।

“हामी तीन जना मन्त्रीहरु म, यातायात मन्त्री इभायलो मोस्कोभस्की र आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभले आज राजीनामा दिएको छौँ,” क्षेत्रीय विकास तथा सार्वजनिक सेवा मन्त्री निकोलाय नान्केभले शुक्रबार पत्रकारहरुसँग भने ।

गत शनिबार पश्चिमी बुल्गेरियामा भएको बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो भने चार जनाको अवस्था चिन्ताजनक रहेको छ ।प्रधानमन्त्री बोयको बोरिसोभले शुक्रबार बिहानै तीनै जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए । त्यसको केही समयपछि तीनै जना मन्त्रीले राजीनामा दिएका हुन ।

दुर्घटनापछि सम्वन्धित मन्त्रालयका उच्च अधिकारीहरुको तर्फबाट अपेक्षित र पर्याप्त सहयोग तथा तदारुकता नदेखिइएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएको बताइएको छ ।दुर्घटनाबारेमा अहिलेसम्म बसका चालकलाई मात्रै दोषी भएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top