एसिया कप छनोट :दुर्इ खेलको हार पछि आज नेपाल मलेसियासँग खेल्दै  

खेल भाद्र १६ २०७५ ekhabarnepal
Nepal u199090980

काठमाडौ भाद्र १६,
 एसिया कप छनोट  अन्तर्गत केहिबेरमा नेपालले मलेसियासँग खेल्दैछ ।सुरूवाती दुर्इ खेलमा हार ब्यहोरेको नेपालले प्रतियोगिताको फाइनलको आशा जिवित राख्न बाँकि सबै खेल जित्नु पर्नेछ । त्यसैले नेपाललाई खेल जित्नै पर्ने दबाव छ ।

अघिल्ला दुई खेलमा एउटै प्लेइङ –११ रहेको नेपालको टोलीमा मलेसिया विरुद्ध केही परिवर्तन हुने सम्भावना पनि छ। ५० ओभरको खेलमा नेपालले मलेसियासँग हारेको छैन। अहिलेसम्म यी दुई टिम ६ पटक खेलेका छन् ।

सन् २००२ मा भएको एसीसी ट्रफीमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको थियो। यस्तै २०१० को एसीसी ट्रफि एलिटमा नेपालले मलेसियालाई ८ रनले पराजित गरेको थियो भने २०१२ मा भएको डिभिजन ४ मा नेपालले मलेसियामाथि १० विकेटको जित हात पारेको थियो।

२०१२ कै एसीसी ट्रफी एलिटमा नेपालले मलेसियालाई २१ रनले पराजित गरेको थियो भने २०१४ को एसीसी प्रिमियर लिगमा नेपाल ५ विकेटले विजयी भएको थियो।

पछिल्लो पटक नेपालले सन् २०१४ को डिभिजन थ्री मा मलेसियासँग खेलेको थियो। मलेसियामै भएको त्यो खेलमा नेपाल डिएल मेथडमा ३६ रनले विजयी भएको थियो।

प्राप्त प्रतिकृयाहरू

To Top