तपाईंको आजको राशिफल/वि.सं. २०७५ साल भदौ १६ गते,शनिबार।

धार्मिक भाद्र १६ २०७५ ekhabarnepal
Xxmaxresdefault 889825

वि.सं. २०७५ साल भदौ १६ गते। शनिबार। इश्वी सन् २०१८ सेप्टेम्बर १ तारिख। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– षष्ठी, 

मेष -( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
तिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्र बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। 

बृष - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।बढ्नेछ भने अरूलाई समय दिँदा आफू पछि परिनेछ। अर्थअभाव खट्किए पनि दान–पुण्यमा मन जानेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ।  दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। 

मिथुन - (का, कि, कु, घ, ङ, छ, के, को, ह )
आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। गरेका काममा सामान्य फाइदा भए पनि लाभांश पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जा रकम लिनुपर्ने हुन सक्छ। भविष्यका लागि भने आम्दानीका स्रोत फेला पर्नेछन्। 

कर्कट -( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। आफ्ना काममा समय दिन नसक्दा मन खिन्न हुनेछ। तापनि विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यमा फाइदा हुने कामको जग बसाउने मौका छ। मिहिनेतको प्रतिफल नाम, दाम र इनाम प्राप्त हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। 

सिंह - (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। अध्यात्मभाव जागृत हुनाले धार्मिक कृत्य र परोपकारमा मन जानेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।मिहिनेत गर्दा दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। 

कन्या - (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका लागि पनि धेरै दौडधुप गर्नुपर्ला। तापनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुन सक्छ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। चिताएको फाइदा नहुन सक्छ। 

तुला - (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो समयमा मनग्गे फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आम्दानी राम्रो हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। 

बृश्चिक - (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्रतिस्पर्धामा पछि परिने भयले सताउनेछ। तापनि द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। केही लगानी गर्नुपरे पनि नयाँ काम प्रारम्भ गर्ने समय छ। 

धनु -( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
मान्यजनको सहयोग जुट्नाले काम बन्नेछ। प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। 

मकर - (भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मान्यजनको सहयोग जुट्नाले काम बन्नेछ।हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला।  साझेदारीबाट लाभ उठाउन सकिनेछ। मिहिनेतले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। 

कुम्भ - (गु, गे, गो, सा, सि, सु, से, सो, द )
व्यवसायमा राम्रै लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ।जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। दाजुभाइमा असमझदारी बढ्न सक्छ। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ।  मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। 

मीन - (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ।

प्राप्त प्रतिकृयाहरू

To Top