करका बारेमा नागरिकसंग संवाद हुनुपर्छ ः मुख्यमन्त्री

अर्थ भाद्र १५ २०७५ ekhabarnepal
40435611 2290793824281514 4774969757214441472 n


बुटवल,भदौ १५
प्रदेश आर्थिक मामिला योजना मन्त्रालयले बजेट र राजस्व सम्बन्धी व्यवस्थाका सम्बन्धमा स्थानीय तहहरुसंगका अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ । शुक्रवार रुपन्देही र नवलपरासी पश्चिमका स्थानीय तहसंग अन्तरक्रिया सम्पन्न भयो । स्थानीय तहको प्रस्तुति सुनेपछि मुख्यमन्त्री शंकर पोखरेलले भन्नुभयो—कर नतिर्न परेहुन्थ्यो भन्ने मनोविज्ञानलाई तोड्नुपर्छ, करका बारेमा नागरिकसंग संवाद हुनुपर्छ । संवादबाट तिर्न सक्ने र नसक्नेको निर्धारण हुन्छ । यसो गर्दा कर तिर्ने संस्कृति निर्माण हुन्छ । अहिले  सतहमा आएका विभिन्न टिकाटिप्पणी बन्द हुन्छन् ।


मुख्यमन्त्री पोख्रलले हाटबजार नागरिकको प्रत्यक्ष जीवनसंग जोडिएको विषय भएकोले हाटबजारमा ठाउँ उपलब्ध गराएबापत कर लिने तर हरेक बस्तुपिच्छे कर नलिदा राम्रो हुने सुझाव दिनु भयो । उहाँले संविधानले बन्देज लगाएको निकासी  करमा प्रवेश नगर्न, कानुनले निःशुल्क भनेकालाई निः शुल्क गर्न, ंपूँजीगत खर्च भन्दा चालु  खर्च बढी नगर्न र मितव्ययीता र पारदर्शीतालाई ध्यान दिँदै जनताको विश्वास बढाउन आग्रह गर्नुभयो । 

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले ऐन कानुन अनुसार काममा एकरुपता ल्याउन अन्तरक्रिया आयोजना गरिएको बताउनु भयो । उहाँका अनुसार भदौ ११ गते प्युठान र रोल्पाका स्थानीय तहसंग प्युठानमा अन्तरक्रिया भएको छ । अव कपिलवस्तु र अर्घाखाँचीको गोरुसिंगेमा भदौ १७ गते, गुल्मी र पाल्पाको भदौ १९ गते, बाँ र बर्दियाको २१ गते बर्दियामा र भदौ २४ गते दाङ र रुकुमको तुलसीपुरमा अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्राप्त प्रतिकृयाहरू

To Top