सुवासले बनाए 'पहिलो अर्धशतक' - यस सँगै चार खेलाडी आउट

खेल भाद्र १४ २०७५ ekhabarnepal
1927550 909789

काठमाडौं । नेपालका विकेटकिपर व्याट्सम्यान सुवास खकुरेलले एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरेका छन् । एसीसी एसिया कप छनोट प्रतियोगिताको दोस्रो तथा नेपालको तेस्रो एकदिवसीय खेलमा उनले युएइविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । 

कुरेलले अर्धशतक बनाउने क्रममा ९३ बलको सामना गरे । ५० रन प्रहार गर्दा उनले २ चौका र एक छक्का प्रहार गरेका छन् । यसअघि नेपालका लागि अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा पारस खड्का र सोमपाल कामीले मात्रै अर्धशतक प्रहार गरेका छन् । खड्का र कामीले नेदरल्याण्डस् विरुद्ध अर्धशतक प्रहार गरेका थिए । 

यसैबीच, खकुरेल आउट भएका छन् । योसँगै नेपालका चार खेलाडी आउट भएका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top