एसिया कप छनोट: यसकारण युएईलाई पराजित गर्नुपर्ने दबाव 

खेल भाद्र १४ २०७५ ekhabarnepal
6987568

काठमाडौं भाद्र १४,  
एसिया कप छनोट क्रिकेट प्रतियोगितामा आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । नेपालले बलिङ गर्ने भएसँगै युएईले ब्याटिङको निम्तो पाएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा नेपाल जितको खोजिमा रहेको छ ।

नेपालका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । युएईलाई पराजित गर्न सके नेपालको लागि आगामी यात्रा सहज हुनेछ ।
आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएकोले पनि आजको खेलमा नेपालको लागि जित्नै पर्नै दबाव छ ।

यता, युएईले भने आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१५ रनले पराजित गरेको थियो ।
नेपाल र युएईबीचको खेल एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ । नेपाल र युएई दुबै टिम एक दिवसीय मान्यता प्राप्त देश हुन् ।

प्राप्त प्रतिकृयाहरू

To Top