एसीसी एसिया कप प्रतियोगिता : नेपालद्वारा ओमानसामु २ सय २२ रनको लक्ष्य  

खेल भाद्र १३ २०७५ ekhabarnepal
Img 28827876867

काठमाडौं भाद्र १३,   
एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले ओमानसामु २ सय २२ रनको रनको लक्ष्य दिएको छ । टस हासेर पहिले ब्याटीङ गरेको नेपालले ९ विकेट गुमाएर २ सय २१ रन बनाएको हो।नेपाललाई मध्यम स्कोरतर्फ डोहोर्‍याउने क्रममा सागर पुनले सर्वाधिक ८३ रनको योगदान गरे । उनका अलावा उपकप्तान ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ तथा करण केसीले अविजित २६ रनको योगदान गरेका छन ।

कप्तान पारस खड्काको ब्याटीङ राम्रो हुन सकेन। २४ बल खेलेर उनले ८ रन मात्र जोड्न सफल भए। ओमानका लागि मोहम्मद नदीम, बिलाल खान र अजय लालचेताले समान २र२ विकेट लिए ।

प्रतियोगितामा नेपाल र ओमानसँगै युएई, हङकङ, सिंगापुर र मलेसिया सहभागी छन् ।प्रतियोगिता जित्ने टोलीले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र  अफगानिस्तानसँगै एसिया कप खेल्ने मौका पाउने छ ।

प्राप्त प्रतिकृयाहरू

To Top