घरबाटै चोरिइन् आठ महिनाकी छोरी 

समाज भाद्र ११ २०७५ ekhabarnepal
Download6666

काठमाडौँ भदौ ११,
 तराईमा फेरि बच्चा चोरीको घटना भएको छ । मोहत्तरीको औरही नगरपालिकाबाट ८ महिनाकी शिशु चोरी भएकी हुन् ।
औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी आइतबार घरबाटै चोरिएकी प्रहरीले जनाएको छ ।

एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् ।इलाका प्रहरी कार्यालय, गौशालाले बालिका लिएर फरार भएको व्यक्तिको खोजी भइरहेको जनाएको छ । केही शंकास्पदहरुलाई पहिचान गरेर घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि गत माघमा वीरगन्ज उपमहानगरपालिका–१, छपकैयाकी आशादेवी र मुकेश पासवानको शिुशु चोरी भएको थियो । तर, प्रहरीले ३ दिनपछि उक्त बच्चा फेला पारेको थियो ।०७० माघमा बुलवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा पनि यस्तै घटना भएको थियो । कपिलवस्तुको वीरपुर–६, कुदरबेटवाका सन्जु भन्ने परमात्मा रैदासको ९ दिने नवजात शिशु अस्पतालबाटै चोरी भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top