फिल्म प्रदर्शनको शिलशिलामा अमेरिका पुगेकी अभिनेत्री श्वेता खड्का विरामी ! 

मनोरञ्जन भाद्र ११ २०७५ ekhabarnepal
08789076 485x260

विराटनगर ।
फिल्म प्रदर्शनका लागि अमेरिका पुगेकी अभिनेत्री श्वेता खड्का विरामी परेकी छन । उनको छालामा समस्या देखिएपछि केही दिनका लागि फिल्म प्रदर्शन रोकेकी छन ।

आइतबार सामाजिक सञ्जालमा उपचाररत तस्बिर पोष्ट गर्दै उनले केही दिनदेखि बिरामी रहेकाले सामाजिक सञ्जालमा सक्रिय हुन नपाएको आफ्ना फ्यान र आफन्तलाई जानकारी दिइन्।

आफूलाई छालाको संक्रमण भएको बताउँदै केही दिन कामबाट ब्रेक लिन चिकित्सकले सुझाएको उल्लेख गरेकी छिन् ।

उनले आफ्नो फिल्मको टिम, आयोजक, परिवार, साथी र शुभचिन्तकलाई धन्यवाद दिँदै अमेरिकाको फिल्म प्रदर्शन यात्रा ठूलो सफलता रहेको बताइन् ।

प्राप्त प्रतिकृयाहरू

To Top