निमिशा भट्टराईले हात पारिन 'मिस देवदह-२०७५'को उपाधि

मनोरञ्जन भाद्र १० २०७५ सुरज भट्टराई ।
Fb img 1535266945895

 देवदह भाद्र १०, 
 रुपन्देहीको देवदहमा  मिस देवदह (२०७५ सिजन २ प्रतियोगिता सम्पन्न भएको छ ।करिव एक महिना अघि देखि सञ्चालन भइरहेको  मिस देवदह प्रतियोगिता नेपाली मोडेलिङ पेशालाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ बर्बरी फेसन हाउसको आयोजना र लियो क्लब अफ लर्ड बुद्धको सह(आयोजनामा भएको थियो ्र

 १५ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै निमिशा भट्टराईले मिस देवदहको  २०७५ को सौन्दर्य प्रतियोगीताको ताज सहित मिस ब्युटिफुल हेयरको अवार्ड र नगद रु दस हजार जितिकि हुन् ।त्यसैगरी प्रतियोगितामा कृस्टिना ज्ञवालीले  फस्ट रनरअपको ताज, मिस एक्टिभ अवार्ड सहित नगद रु सात हजार र प्रकृति के।शिले सेकेण्ड रनरअपको ताज ,मिस र्याम्प वाकको अवार्ड र नगद रु पाँच हजार हासिल गरेका छन । 

प्रतियोगितामा  मिस ट्यालेन्ट अवार्ड र मिस मिस कन्फिडेन्स अवार्ड मोनिका शर्मा, मोस्ट भिवर च्वाईस अवार्ड र मिस स्किन बिपना घर्ति मगर , मिस कन्जुवालिटी अवार्ड समिक्षा घर्ती मगर, मिस मुल्टिमिडिया अवार्ड दिभ्या अधिकारी ,मिस स्माईल सिम्रन ढकाल,मिस प्रफेक्ट बडि अवार्ड कल्पना शर्मा , मिस फोटोजेनिक अवार्ड निरुता गुरुङले जितेकी थिईन ।

प्राप्त प्रतिकृयाहरू

To Top