खुसीको खबर ! विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइनेछ  

खेल भाद्र १० २०७५ ekhabarnepal
Icc00

काठमाडौं भाद्र १०,

क्रिकेटको इतिहासमै पहिलोपटक विश्वकप क्रिकेटको ट्रफी अक्टोबरमा नेपाल ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले विश्वकप क्रिकेटको ट्रफी टुरबारे जानकारी दिँदै ट्रफी नेपालमा पनि प्रदर्शनीमा राख्ने बताएको हो ।
सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप अघि ट्रफी टुर हुन लागेको हो । त्यसै क्रममा सन् २०१८ को अक्टोबर २७ देखि २९ सम्म नेपालमा ट्रफी प्रदर्शनमा राखिने उल्लेख गरिएको छ ।

आइसीसीले विश्वकप खेल्ने १० राष्ट्र र अन्य ११ देशका ६० शहरमा ट्रफी पुर्याउने बताएको छ । ट्रफी नेपाल जस्ता क्रिकेटको विकासमा अगाडि बढरहेका देशमा प्रदर्शनीमा राखिने आइसीसीले जारी गरेको मिडिया रिलिजमा उल्लेख छ ।

प्राप्त प्रतिकृयाहरू

To Top