आखिर किन बाधिंन्छ रक्षा बन्धन! बुझनुहोस् 

धार्मिक भाद्र १० २०७५ ekhabarnepal
Images 45235

अाज श्रावण शुक्ल पूर्णिमा आजकाे दिन जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ ।
जनै लगाउनुकाे कारण शाष्त्रिय तथा वैज्ञानिक कारण
यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको वेशभूषा हो । मर्यादा पुरूषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रहृमाजी,महाराजा जनक, माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा, माता रूक्मिणी, माता सरस्वती, देवी कुन्ति सतिसाध्वी द्रौपदी त्यसैगरि लंकापति राक्षस रावण आदि सबै हामिले मान्ने भगवान तथा नरनारीहरू जनै धारण गर्दथे । यद्यपि आजकाल नारिले यो जनै धारण गर्ने परम्परालाई विस्थापीत गरिएकोछ ।
यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी गराए। 
जनै ब्रहृमचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहंदामात्र धारण गरिन्छ । चतुर्थ आश्रम संन्यास आश्रममा पुगेपछि यसलाई उतारेर विसर्जन गरिन्छ । यस अभिप्रायले पनि जनैमा तीन धागा अथवा सूत्र हुन्छन् ।
“शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ,” उनले भने –“यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ ।”
शरीरमा ‘वात’ ‘पित्त’ र ‘कफ’ धातुहरू पनि तीन नै छन् । यिनलाई सम राख्नु पर्छ, समराख्नु स्वास्थ्य हो विषम राख्नु रोगी हुनु हो । शरीर पनि ‘स्थूल’ ‘सूक्ष्म’ र‘कारण’ तीन नै छन् । यिनको विवेक गरेर आत्मालाई जान्नु पर्दछ । दुःख वा ताप पनि तीन प्रकारकै छन् ‘आध्यात्मिक’, ‘आधिदैविक’ र ‘आधिभौतिक’ । यी तीन दुःखबाट निवृत्ति हुनु पर्दछ । यिनबाट निवृत्तिको नाम नै परमपुरूषार्थ अथवा मोक्ष हो ।
किन बाधिन्छ हातमा रक्षा बन्धन ?
नौ सूत्रको एक अर्को रहस्य पनि छ, “अष्टचक्रा नवद्वारा देवानां पूरयोध्या” आठ चक्र र नौ द्वार भएको एक नगर छ, त्यो नगर हो मानव(देह । यज्ञोपवीतका नौ सूत्रले हामीलाइ एक सुन्दर सन्देश दिईरहेका छन् — प्रत्येक द्वारमा एक(एक प्रहरी नियुक्त गर जसबाट कुनै पनि दुर्गुण हामी भित्र प्रवेश गर्न नसकोस् । यी नौ द्वार मध्ये दुई आंखा, दुईकान, दुई नासिका छिद्र र एक मुख यी सात भए । यिनीहरूका लागि वेदमा भनेको छः “सप्त ऋषयः प्रतिहिताः शरीर” हाम्रा शरीरमा सात ऋषि (सप्तऋषि)हरू बसेका छन् । हामीले ज्ञानद्धारा मात्र यिनीहरूलाई ऋषि बनाउन सकिन्छ । यी अङ्गहरु ऋषि बने भने जीवनको कल्याण हुनेछ तर यी राक्षस वन्न पुगे भने जीवनको विनाश हुन्छ । बांकी दुई द्वार हुन् मल(मूत्र विसर्जन गर्ने छिद्र । यस प्रकार मानव देहमा नौवटा द्वार छन् ।
मातृवत् परदारेषु परद्रव्येषु लोष्टवत् ।
आत्मवत् सर्व भूतेषु यः पश्यति स पश्यति ।।
परनारीहरूलाई माताका समान, अर्काको धनलाई माटाको डल्ला समान र सबै प्राणीहरूलाई आफ्नै समान हेरौं किनकी यस्तो देख्ने नै वास्तवमा देख्ने हो ।
कानले हामी असल ज्ञानदायक कुराहरुमात्र सुनौं । यज्ञोपवीतधारी जीवन वेदमय हुनुपर्छ । वेदले पनि -“भद्रं कर्णेभिः श्रृणुयाम ‘ ” अर्थात हामी कानले उत्तम कुरा सुनौं भनेको छ । यस्तै प्रकार नाकले उत्तम् दिव्य गन्धनै सुघौं, ‘ओ३मंको जप गरौं’ ( यो जप नाकबाटै हुन्छ ) । विषय वासनाको गन्धमात्र नसुंघौं ।
जिहृवाले सधै मिठो मधुर र शुद्धवाणी बोलौं । कटुभाषण, मिथ्या भाषण र बेकामे गफ नगरौं ।
उपसथ र गुदालाई पनि संयममा राखौं, सच्चा, सदाचारी वनौं र ब्रहृमचार्य पालना गरौं । यही नै जनैको नौ सूत्रीय विज्ञान हो ।
सत्व, रज, तम, (प्रोटोन, इलेक्ट्रोन र न्यूट्रोन) यी तीन गुणहरूले यो संकेत गर्दछन् कि यी तीन गुणहरू देखि माथि उठेर त्रिगुणातीत हुनुपर्दछ । माता, पिता र आचार्य यी तीन गुरू हुन् यी तीनै जनाको आदर, सम्मान र सत्कार गर्नु पर्दछ ।
स्वीट्जरल्यान्डका स्थायी बासिन्दा ‘रुडोल्फ होगर’ले हिन्दू धर्मावलम्बी तागाधारीहरुले लगाउने जनै र यसको ऐतिहासिक पक्षलाई समेटेर ‘दि सेक्रेट थ्रेइड’ नामक पुस्तक नै लेखेका छन् । पुस्तकमा जनै, यसको धार्मिक एवं ऐतिहासिक महत्व र आधुनिक समाजमा मानिसको मनोवैज्ञानिक पक्षलाई पार्ने सकारात्मक प्रभावलगायतका विषयहरुलाई स्पष्ट रुपमा उल्लेख गरिएको छ । होगर’ले जनैलाई दी पावर अफ ट्रीनिटी को रुपमा व्याख्या गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top