ब्लुमफिल्डविरुद्ध दिपेन्द्र र सागरले एकैसाथ पूरा गरे 'अर्धशतक'  

खेल भाद्र ८ २०७५ ekhabarnepal
744433064deependra

काठमाडौं 
 जारी नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो अभ्यास खेलमा नेपालले ब्लुमफिल्ड विरुद्ध १८१ रन बनाएको छ । श्रीलंकामा दोस्रो अभ्यास खेल खेलिरहेको नेपाली क्रिकेट टिमका लागि सागर पुनले अर्धशतक पूरा गरेका छन् ।
४ विकेटको क्षतिमा नेपालले १८१ रन बनाएको छ । दोस्रो र तेस्रो विकेट छोटो समयमै गएपछि मैदान प्रवेश गरेका दिपेन्द्र र सागर पुनको जोडी राम्रो चलेको हो ।
३६ ओभरको खेल भइरहँदा दिपेन्द्र र सागरले एकसाथ अर्धशतक पूरा गरेका छन्् । दिपेन्द्रले ५३ बलमा ५० रन बनाएका छन् भने सागरले ५५ बलमा ५० बनाएका हुन् । 

प्राप्त प्रतिकृयाहरू

To Top