सामाजिक सञ्जालमा अश्लिल शब्दमा गाली गरेकोले पत्रकार 'रिजाल निलम्बित'

समाज भाद्र ७ २०७५ ekhabarnepal
Pramod rijal233

बाँके भाद्र ७,  
 नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य पत्रकार प्रमोद रिजाललाई निलम्बन गरिएको छ ।

महासङ्घ जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले पत्रकार रिजालले फेसबुकमा महिला पत्रकारलाई अश्लिल भाषामा गालीगलौज गरेकाले निलम्बन गरेको हो ।

यसअघि शाखा अध्यक्ष ठाकुरसिंह थारूको अध्यक्षतामा बसेको बैठकले पत्रकार रिजाललाई निलम्बनका लागि केन्द्रमा सिफारिश गरेको थियो ।

यसअघि महासङ्घले पत्रकार विजय मल्ललाई फेसबुकमार्फत महासङ्घ र पदाधिकारीविरुद्ध अपमानजनक कुरा लेखेकोमा सदस्यताबाट निलम्बन गरेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top