दुई छोरी र गर्भवती श्रीमतीको हत्या गरी 'आफैले दिए टेलिभिजनमा सूचना ' 

विश्व भाद्र ५ २०७५ ekhabarnepal
Chris watts spoke to the media after his family 7677

एजेन्सी भदौ ५,
 अमेरिकाको कोलोराडोका ३३ वर्षीय क्रिस वाट्सले गएको हप्ता दुई छोरी र गर्भवती श्रीमतीको हत्या गरी आफैले टेलिभिजनमा सूचना दिएका उनलाई प्रहरीले पक्राउ गरेको विविसीले जनाएको छ ।

क्रिसले श्रीमती ३४ वर्षीया शानन वाट्स तथा तीन वर्षकी छोरी सेलेस्ट र चार वर्षकी छोरी बेलाको घाँटी थिचेर हत्या गरेको जनाइएको छ । प्रहरीले गत बिहीबार श्रीमती र छोरीहरूको शव क्रिसले काम गर्ने पेट्रोलियम कम्पनीको तेल ट्यांकनजिकै गाडिएको अवस्थामा भेट्टाएको थियो । शानन १५ हप्ताकी गर्भवती थिइन् ।

क्रिसले अमेरिकाको एरिजोनामा व्यावसायिक भ्रमण सकेर घर फर्किएकी श्रीमतीसँग आफूले सम्बन्ध बिच्छेद चाहेको बताएका थिए । उनीहरुको शव ट्रकमा राखेर तेल ट्यांक नजिक लगेर गाडेको उनले स्वीकार गरेका छन् । हत्या गरेपछि उनले स्थानीय टेलिभिजन मार्फत आफ्नो परिवारका सदस्य हराएको जानकारी गराएका थिए ।

सूचनापछि प्रहरीले थालेको अनुसन्धानबाट क्रिसले नै श्रीमती र छोरीहरुको हत्या गरेको खुलेको हो । उनी विरुद्ध अदालतमा जाहेरी दर्ता भएको विविसीले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top