अमेरिकाको दूतावासमा ६ गोली प्रहार  

विश्व भाद्र ५ २०७५ ekhabarnepal
Us embassy attack 1005830

एजेन्सी भाद्र ५, 
 सोमबार टर्कीमा रहेको अमेरिकाको दूतावासमा गोली प्रहार भएको छ ।टर्कीका एकजना सरकारी अधिकारीका अनुसार दूतावासमा ६ ओटा गोली प्रहार भएको थियो । गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको थियो । घटनामा कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन् ।

दूतावासमा प्रवक्ता डेभिड गाइनरले घटनास्थललाई अहिले सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइसकेको एएफपीलाई जानकारी दिनुभयो । ‘घटनामा परि कोही घाइते भएको वा कसैको मृत्यु भएको विवरण छैन, हामीले घटनाका बारेमा विस्तृतमा अध्ययन गर्न लगाइसकेका छौँ, टर्कीको सुरक्षाकर्मीलाई विशेष धन्यवाद दिन चाहन्छौँ’, प्रवक्ताले भन्नुभयो ।

टर्कीका विदेशमन्त्री मेवलुट काभुसोग्लुले सामाजिक सञ्जाल ट्वीटरमार्फत् ‘उत्तेजनात्मक आक्रमण’को निन्दा गर्नु भएको छ । अमेरिकी धर्मगुरुको रिहाइका लागि इस्तानबुलद्वारा राखेको शर्त अस्वीकार गरेकै बेला यस्तो घटना भएको हो । घटनामा संलग्न रहेको आशंकामा दुर्इजनालार्इ पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।

टर्कीविरुद्ध हुने गरी गतिविधि गरेको आरोपमा धर्मगुरुसहित केही अमेरिकी नागरिकलाई बन्दी बनाइएको छ । जसका कारण टर्की र अमेरिकाबीच व्यापारयुद्ध नै चलेको छ ।जसको प्रभावले टर्कीको मुद्रामा केही समयमा नै ब्यापक गिरावट आएको बताइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top