एसियाड फुटबल,पहिलो हाफमा नेपालको गोल

खेल भाद्र ३ २०७५ ekhabarnepal
Nepal national football team members

 

काठमाडौं,भदौ ३
 १८ औं एसियाली खेलकुद-एसियाडअन्तर्गत पुरुष फुटबलमा समूहगत चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले अहिले पाकिस्तानसँग खेल्दै छ।  पहिलो हाफ जारी रहँदा नेपाल १-० गोलले अगाडि छ।

नेपालका रोहित चन्दले १२ औं मिनेटमा गोल गरे। नेपालले एसियाड फुटबलमा ३६ वर्षपछि गोल गरेको हो। यसअघि सन् १९८२ को एसियाडमा नेपालका वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए।

नेपालले एसियाड फुटबलमाम हालसम्म खेलेका सबै १७ खेलमा नै पराजय भोगेको छ। ती खेलमा ६८ गोल खाएको थियो।

नेपालले अघिल्ला दुई खेलमा जापानसँग १-० र भियतनामसँग २-० गोलले पराजित भएपछि एक खेल खेल्नुअगावै बाहिरिने निश्चित भएको थियो।पहिलो खेलमा भियतनामसँग ३-०गोलले पराजित भएको पाकिस्तान दोस्रो खेलमा जापानसँग ४-० ले निराश भएको थियो।

प्राप्त प्रतिकृयाहरू

To Top