जीवन सफल बनाउने एउटा कला हो 'अल्छी' ! 

स्वास्थ्य भाद्र ३ २०७५ ekhabarnepal
56565565fight fatigue

अल्छी हुनुपनि एउटा कला हो किनभने हामो शरिर र दिमाग पूर्वजका कारण अत्यधिक मेहनत गर्नका लागि प्रोग्राम छ । त्यसकारण कहिलेकाँही अल्छी गरेर ओछ्यानमा सुतिरह्यौं  भने समय बर्बाद गरियो भनेर चिन्ता गर्न थाल्छौं ।  तर विज्ञानले अरु नै भन्छ । विज्ञानका अनुसार अल्छीपन हाम्रो मुटु र दिमागका लागि निकै राम्रो हो । हामी तरिका पुर्याएर अल्छी भयौं भने यसले हामीलाई लामो र स्वस्थ जीवनका लागि निकै फाइदा पुर्उने अनुसन्धानको दाबी छ ।  

 अल्छीपनको फाइदाहरु :

१. केही नगर्नुहोस्

हरेक पलको फाइदा उठाउँदै हामीले केही न केही गरिराख्नुपर्छ भनेर हामीलाई सिकाइन्छ । अब त्यो सिकाइलाई बिर्सने बेला आएको छ । जस्तै सधैं काम गरिराख्ने मेसिनलाई केही समयका लागि बन्द गर्नुपर्छ, त्यसैले तपाईं पनि कहिलेकाँही केही नगर्नुहोस् । केही नगरेका बेला जतिसक्दो रिल्याक्स हुनुहोस् र कुनै पनि दिमागी गतिविधिबाट टाढा रहनुहोस् । वैज्ञानिकका अनुसार यही नै त्यो समय हो जब हाम्रो दिमागको रचनात्मक क्षमता सबैभन्दा धेरै सक्रिय हुन्छ किनभने हामीले दिमागलाई थकाउने काम नगरी यसलाई शान्त राख्ने कोसिस गरिरहेका हुन्छौं । झ्यालबाट बाहिर हेर्नुहोस्, बाहिर घुम्न जानुहोस् । याद राख्नुहोस्, त्यतिबेला मोबाइल फोनबाट टाढा रहनुहोस् ।

२. थोरै समयका लागि निदाउनुहोस्

किम्बर्ली कोट उत्तरी अमेरिकामा साइकोलोजीकी प्राध्यापक हुन् । उनका अनुसार जो दिउँसो १० मिनेटदेखि आधा घण्टाका लागि सुत्छन् उनीहरुको रक्तचाप अन्य व्यक्तिको तुलनामा कम हुन्छ र उनीहरुको तनावको स्तर पनि कम हुन्छ ।

३. दिनभरी टेलिभिजन वा ल्यापटपमा कार्यक्रम हेर्नुहोस्

विकेन्डमा दिनभरी टेलिभिजन वा ल्यापटपमा कार्यक्रम हेर्नुका फाइदा छन् । यदि तपाईं टिभीमा फिक्शन वा वास्तविक जीवनको डकुमेन्ट्री हेर्नुहुन्छ भने हाम्रो दिमागले नयाँ तरिकाले सोच्न सुरु गर्छ । टिभीले तपाईंको दिमागलाई नयाँ तरिकाले सोच्न अभिप्रेरित गर्छ ।

४. घुम्ने–डुल्ने

कुनै कारणबिना घुम्नेलाई आवारा भनिन्छ । तर प्रकृतिले हामीलाई यस्तै बनाएको छ । यदि तपाईं नियमित रुपमा कुनै तनाव बिना नै घुम्नु हुन्छ भने तपाईंको दिमाग पनि निकै स्वस्थ हुन्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top