हरिवंश आचार्यको कथामा नयाँ कमेडी चलचित्र "दाल भात तरकारी"

मनोरञ्जन साउन ३१ २०७५ ekhabarnepal
Dal bhat tarkari 863 1534318731dal1 3566

काठमाडौं । चलचित्र ‘शत्रु गते’ युनिटले नयाँ कमेडी चलचित्र ‘दाल भात तरकारी’ को घोषणा गरेको छ । मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने चलचित्रको औपचारिक घोषणा गरिएको हो ।

चलचित्र ‘दाल भात तरकारी’ लाई निर्माता किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड चलचित्र ‘रिमेम्बर मि’ र ‘माई लभ’मा सह–निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले, चलचित्र ‘शत्रु गते’ मा पनि सहायक निर्देशकको रुपमा काम गरेका थिए । 

चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल, राजाराम पौडेल, शिशिर बाङ्ग्देल लगायतका कलाकारहरुको अभिनय रहनेछ । मंसिर पहिलो साताबाट छायांकन शुरु हुने चलचित्र २०७६  वैशाख १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । 

शम्भुजित बाँस्कोटाको संगीत रहने चलचित्रका गीत हरिवंश आफैंले लेखेका छन् । चलचित्रमा पुष्पलको जोडी स्वस्तिमासँग बाँधिएको छ भने हरिवंशको अपोपजटमा निरुतालाई देख्न सकिनेछ । विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि अभिनय रहने बताइएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top