सुशील ज्ञवाली पुननिर्माण प्रधिकरणको सीइओमा पुन: नियुक्त 

समाज साउन ३० २०७५ ekhabarnepal
Sushil gyawali 1582018122438 1000x0

 

काठमाडौँ,श्रावण ३० — राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुन: सुशील ज्ञवाली नियुक्त भएका छन् । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई नियुक्त गरेको हो । प्रधानमन्त्री केपी ओली अघिल्लो कार्यकालमा पनि उनी सिइओ थिए ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले ज्ञवालीलाई हटाएर गोविन्द पोखरेललाई नियुक्त गरेको थियो । पोखरेल राजीनामा दिएर प्रतिनिधि सभाको चुनाव लड्न गएपछि तत्कालिन देउवा सरकारले पूर्वसचिव युवराज भूषाललाई सिइओ नियुक्त गरेको थियो ।

चुनाव पछि ओली नेतत्वको सरकारले देउवा सरकारले गरेका नियुक्तिहरु बदर गरेपछि उक्त पद खाली भएको हो । साढे दुई वर्षको अवधीमा ज्ञवाली पाँचौं पटकमा पुन: सिइओ बनेका हुन् । पहिलो सिइओ पनि पोखरेल थिए । अध्यादेशबाट गठन भएको प्राधिकरणमा पोखरेल पहिलो सिइओ नियुक्त भएपनि संसदबाट प्रतिस्थापन विधेयक समयमा पास नहुँदा खारेजीमा परेका थिए।
 

प्राप्त प्रतिकृयाहरू

To Top