एसियाडमा जापानसँग नेपालको हार  

खेल साउन ३० २०७५ ekhabarnepal
Images cms image

काठमााडौं साउन ३०, 
फुटबलमा एसियाको पावर हाउस मानिने जापानसँग नेपाल एसियन गेम्स(एसियाड)मा सबैभन्दा पराजित भएको छ। नेपालले मंगलबार इन्डोनेशियामा जारी एसियाडमा १–० को हार ब्यहोरेको हो।सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको समूह ‘डी’ को पहिलो खेलमा जापानका लागि सातौ मिनेटमा मिटोमा काउरुले निर्णायक गोल गरेका थिए।

एसियन गेम्स(एसियाड)को औपचारिक उद्घाटन आउँदो शनिबारबाट हुने भएपनि फुटबल प्रतियोगिताको सुरुवात भने मंगलवारबाट सुरु भएको हो।नेपालले एसियाडमा जापानसँग योसँगै चौथो हार ब्यहोरेको छ। यसअघि तीन पटक नेपालले फराकिलो अन्तरले पराजय भोगेको थियो भने यस पटक सवै भन्दा कम अन्तरले पराजित भएको छ।

सन् १९८६ मा दक्षिण कोरियामा भएको र सन् १९९२ मा थाइल्याण्डमा भएको एसियन गेम्समा नेपाल जापानसँग समान ५–० ले पराजित भएको थियो भने सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाल ४–० ले पराजित भएको थियो।तीन जना सिनियर खेलाडीहरु खेलाउन पाउने नियमका आधारमा नेपाली टोलीको कप्तानी सिनियर राष्ट्रिय टिमका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङले गर्दैछन्।

उनीसँगै रोहित चन्द र विशाल राईलाई सिनियर खेलाडी हुन भने २३ वर्ष मूनीका खेलाडीहरु अभिषेक रिजाल, आदित्य चौधरी, एलेन न्यौपाने, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, गौरव बुढाथोकी, हेमन गुरुङ, हेमन्त थापामगर, कमल श्रेष्ठ, सोजित गुरुङ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top