चिकित्सक संघले एप्रोन र दर्ता प्रमाण पत्र मेडिकल काउन्सिलमा बुझाउने

समाज साउन २८ २०७५ ekhabarnepal
1531143758nepal medical association


काठमाडौं, साउन २८

नेपाल चिकित्सक संघले कैद र जरिवानासम्बन्धी प्रावधान संशोधन नभए भदौ १ देखि चिकित्सकहरूले आफ्नो एप्रोन र काउन्सिल दर्ता प्रमाण पत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने चेतावनी दिएको छ।

संघले सोमबार पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएको हो।

भदौ १ गते देखि लागू हुने गरी मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित गरेको भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको हो।

मुलुकी अपराध संहितामा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद र हेलचेक्र्याइँले बिरामीको मृत्यु भएमा ३ वर्ष कैदको व्यवस्था हुने व्यवस्था छ। जुन भदौ १ देखि लागू हुँदैछ।

यस्तो प्रावधान आफूहरूलाई अपराधी करार गर्ने ढंगले आएको दाबी गर्दै संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले त्यो मान्य नहुने बताए।

उनले फौजदारी अभियोगको भागीदार बन्नुभन्दा उपचार गर्न छोडन नै उपयुक्त हुने निष्कर्षमा पुगिएको पनि बताए। संघले चिकित्सकहरूले लापरबाही गरे/नगरेको छानबिन गर्नुपर्ने प्रावधान ऐनमा राख्न पनि सरकारसँग माग गरेको छ।

प्राप्त प्रतिकृयाहरू

To Top