क्यानको विवाद: समाधानका लागि बैठक बस्दै ,भेटिएला त निकास ?

खेल साउन २८ २०७५ ekhabarnepal
Images 454

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बनाएको मनिटरिङ कमिटीको बैठक आज बस्दैछ । काठमाडौंको सोल्टी होटलमा सोमबार र मंगलबार बैठक बस्न लागेको हो । 
गत वैशाखमा निलम्बित क्यानले विशेष साधारणसभाबाट आईसीसीको सल्लाहकार समितिले बनाएको विधान अनुमोदन गरेको थियो । विधान अनुमोदन भएसँगै मनिटरिङ कमिटी गठन हुने भनिएको थियो ।

आईसीसीले बनाएको मनिटरिङ कमिटीमा आईसीसीका ३, राष्ट्रिय खेलकुद परिषद्का १ र निलम्बित क्यानका १ जना प्रतिनिधि गरी ५ सदस्य छन् । आईसीसीबाट अमर शेख, मोहम्मद अली र नितिश कोठारी, राखेपबाट एलबी क्षेत्री र निलम्बित क्यानबाट ठाकुर प्रताप थापा रहेका छन् ।
क्यानलाई नयाँ नेतृत्व दिन मनिटरिङ कमिटि आइसीसीले गठन गरेको हो । यो मनिटरिङ कमिटीले जिल्ला, प्रदेश र केन्द्रको चुनाव गराउने छ । यद्यपि निर्वाचित क्यानले अधिकांश जिल्लामा अधिवेशन गर्दै नयाँ नेतृत्व चयन गरिसकेको छ । यस्तो अवस्थामा विवाद भएको जिल्लामा मनिटरिङ कमिटिले पुनः निर्वाचन गराउने छ भने विवाद नभएको जिल्लामा त्यसैलाई मान्यता दिनेछ ।
क्यान विवाद समाधान बारे मनिटरिङ कमिटिको बैठकले ठोस निर्णय लिने विश्वास गरिएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top