तीर्न नसक्नेलाई करकोे बोझ नलगाउने - अर्थमन्त्री डा.खतिवडा

अर्थ साउन २७ २०७५ ekhabarnepal
Images 66

काठमाडौं साउन २७,

अर्थमन्त्री डा. युवराज खतिवडाले तीर्न नसक्नेलाई करको बोझ नलगाउने स्पष्ट पार्नु भएको छ ।सर्वसाधारणलाई करको बोझ लगाउने काम गरिएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने स्पष्टिकरण दिनु भएको हो ।
उहाँले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान राखिएको स्मरण गराउनु भयो । आईतबार काठमाडौंमा आयोजित व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री खतिवडाले कानुन नबनाई कर असुली नगर्न पनि सम्बन्धित सबै निकायलाई कडा निर्देशन दिनु भयो ।

उहाँले दोहोरो कर नलिन र आफ्नो क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्न पनि मातहतका निकायलाई सचेत गराउनु भयो । सरकारले संघीयता कार्यान्वयनका लागि लोककल्याणकारी राज्यको अवधारणा र सामाजिक न्यायको अवधारणा अनुरुप कर असुलीको काम गरिरहेको अर्थमन्त्री खतिवडाको दावी छ ।

अर्थमन्त्री खतिवडाले राज्यले कमजोर समुदायलाई लाभ हुने गरी विकास, निर्माण र सेवाको कामलाई अगाढि बनाउन कर लिने गरेको पनि स्मरण गराउनु भयो । उहाँले करको दुरुपयोग हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

प्राप्त प्रतिकृयाहरू

To Top