एसियाली खेलकुद प्रतियोगिता :आज नेपालले थाइल्यान्ड सँग प्रतिस्पर्धा गर्दै 

खेल साउन २५ २०७५ ekhabarnepal
44132547football89789

काठमाडौं साउन २५,
१८औं एसियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेको नेपाली यु–२३ टिमले आज थाइल्यान्डको यु–२३ फुटबल टिमसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले यो दोस्रो अभ्यास खेल खेल्न लागेको हो ।

नेपाली यु–२३ र थाइल्यान्डको यू–२३ टोलीबीच थाम्मासत युनिभर्सिटीको खेल मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो । आज साँझ हुने खेलमा दुबै टिम जितको खोजिमा हुनेछन् । यसअघि नेपाल पहिलो अभ्यास खेलमा स्थानीय क्लब पुलिस टेरो क्लबसँग १–० गोलले पराजित भएको थियो ।

एसियन गेम्स को तयारीको लागी १० दिने बैदेशिक प्रशिक्षणका लागि नेपाली टिम थाइल्यान्ड पुगेको हो । थाइल्यान्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछ । एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । एसियन गेम्समा नेपाल रहेको समूह डी मा जापान, भियतनाम र पाकिस्तान रहेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top