'एकात्मक राज्य ब्यबस्थाको ह्यांग अझै हटेको छैन' -सभामुख पूर्णबहादुर घर्ती

राजनीति साउन २५ २०७५ ekhabarnepal
Btl 2109006669420450 4554516748132417536 n

बुटवल साउन २५,
प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले केन्द्र सरकारको एकात्मक राज्य ब्यबस्था चलाएको ह्यांग अझै नहटेको दाबी गर्नु भएको छ ।रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालयद्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सभामुख घर्तीले संघीय प्रणाली ३ पांग्रे नीति अनुसार चलेको बताउनु भयो ।उहाले भन्नुभयो ‘एउटा पांग्रा बिना टेम्पु चल्न सक्दैन,त्यस्तैगरी स्थानीय,प्रदेश र संघगरि ३ वटा सरकारको एक अर्कासंग समन्वय नभए संघीयता कमजोर हुन्छ ।प्रदेश र केन्द्रबिच अधिकारका बिषयमा पनि केहि जटिलताहरु देखिएका छन् यस्लाई छलफलका माध्यमबाट हल गर्नुपर्छ ।

उहाले थप्नुभयो ‘हामी संघीयता कार्यान्वयन शुन्यबाट शुरु गरेका हौं,यो बांझो बारीको डल्लो फुटाउने काम जस्तै जटिल हो,संघीय ब्यवस्थालाइ ब्यबस्थित र कार्यान्वयन गर्ने कोशीश गरेका छौं ’प्रदेश राजधानी र नामको अन्तिम टुंगो संसदले नै लगाउने भन्दै सभामुख घर्तीले १५ सदस्यिय समितिले प्रतिबेदन तयार गर्ने बताउनु भयो ।उनले अगाडि भन्नुभयो — ‘प्रदेशको राजधानी वा नामाकरणको बेला संघीयताको मर्ममा केन्द्रित रहेर हुनुपर्छ ,अमुख दल अमुख क्षेत्रको पक्षमा होइन,हुदैन । अब यो गुनासो र संघर्षको बिषय बन्दैन ।’
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानमा ब्याख्या भएपनि अहिले सर्बोच्चमा बिचाराधीन अबस्थामा मुद्धा रहेकाले केहि बोल्न नमिल्ने बताउनु भयो।रिपोटर्स क्लव प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गर्नु भएको थियो  ।

 

प्राप्त प्रतिकृयाहरू

To Top