नेकपाद्धारा कार्यविभाजनका लागि नियमावली प्रकाशन  

राजनीति साउन २५ २०७५ ekhabarnepal
Kp oli in .2e16d0ba.fill9898

काठमाडौं साउन २५,
 नेकपाले केन्द्रीय सदस्यहरूको कार्यविभाजनका लागि नियमावली प्रकाशन गरिसकेको छ ।४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका सबैलाई काममा खटाउने गरी तयार गरिएको नियमावलीअनुसार ३२ वटा केन्द्रीय विभाग बनाइएको छ ।

ती विभागको प्रमुख केन्द्रीय सदस्य हुनेछन् । सबैलाई जिम्मेवारी दिनका लागि कतिपय विभागमा उपप्रमुखको व्यवस्था पनि गर्ने तयारी छ । सचिवालयकै केही नेतालाई पनि विभागीय प्रमुखको जिम्मेवारी दिने तयारी छ ।

त्यस्तै, ७ प्रदेशको संयोजक र सहसंयोजक केन्द्रीय तहबाट स्थायी समिति या पोलिटब्युरो सदस्य भइसकेका प्रभावशाली नेतालाई दिने तयारी भएको एक नेताले बताए ।यसैगरी, ७७ भूगोल जिल्ला, चार विशेष जिल्ला कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटीअन्तर्गत ७ प्रदेश सम्पर्क कमिटी, प्रवास, प्रतिष्ठानमा केन्द्रीय सदस्यहरूलाई इन्चार्जका रूपमा जिम्मेवारी दिने तयारी छ ।

पार्टी एकीकरणको स्पिरिटअनुसार जिल्लामा पनि इन्चार्ज र सहइन्चार्जको व्यवस्था गर्ने गरी छलफल चलिरहेको एक सचिवालय सदस्यले बताए ।त्यस्तै, मोर्चा फाँटअन्तर्गत २२ वटा जनवर्गीय संगठनमा पनि केन्द्रीय तहका नेतालाई इन्चार्जको जिम्मेवारीसहित खटाउने तयारी छ ।आवश्यकताअनुसार महानगर र संघीय निर्वाचन क्षेत्रमा समेत केन्द्रीय तहका नेतालाई नै इन्चार्ज खटाउने कि नखटाउने विषयमा समेत परामर्श भइरहेको ती नेताले बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top