५ नम्वर प्रदेशको स्थायी राजधानीका प्रक्रिया शुरु

राजनीति साउन २५ २०७५ ekhabarnepal
Pradesh 5

 

बुटवल,श्रावण २५  ।
प्रदेश नम्वर ५ को प्रदेश सभाको अन्तिम दिन बसेको बैठकले प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सिफारिस गर्न १५ सदस्यीय बिशेष समिति गठन गरेको छ ।
बिशेष समितिलाई ३ महिना भित्र प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सिफारिस गर्ने अधिकार दिइएको छ । समितिले तीन महिनाभित्र प्रतिवेदन तयार गरी सभामुखलाई पेश गर्ने छ ।
समितिको सदस्यमा कल्पना पाण्डे अर्धाखाची, चेतनारायण आचार्य अर्खाखाची, तारा जिसी प्युठान, तुल्सी प्रसाद चौधरी  रुपन्देही, दिनेश पन्थी गुल्मी, दिपेन्द्र कुमार पुन रोल्पा, दिपेश थारु बर्दिया, नारायण प्रसाद आचार्य पाल्पा, निर्मला क्षेत्री अर्धाखाची, भुवनेश्वर चौधरी बर्दिया, रमा अर्याल रुपन्देही, बिर बहादुर राना पाल्पा, बिष्णु प्रसाद पन्थी कपिलवस्तु, सरस्वती गौतम दागं र सहर्षराम यादव कपिलवस्तु रहनु भएको छ ।

गठित समितिले जिल्ला जिल्लामा गएर छलफल तथा अन्र्त्क्रिया गर्ने छ भने बिज्ञहरुको सुझाव समेत लिएर प्रतिवेदन तयार गर्ने छ ।
समितिको संयोजक नतोकिएपनि सुरुमा जेष्ठ सदस्यले समितिको समितिका बैठकको सभापतित्व गर्ने र सहमतिमा संयोजक वा सभापति तोकिने छ ।

आजकै बैठकले ११ सदस्यीय बिशेषाधिकार समिति गठन गरेको छ । बिशेषाधिकार समितिमा अमर बहादुर डागी दागं, अष्टभुजा पाठक रुपन्देही, कमलराज श्रेष्ठ गुल्मी, कल्पना पाण्डे अर्धाखाची, तारा जिसी प्युठान, तेज बहादुर वली रुकुम, पार्वती पुन बाके, फकरुद्धिन खाँन रुपन्देही, बाबुराम गौतम बाके, सन्तोष कुमार पाण्डे रुपन्देही र हरि प्रसाद रिजाल प्युठान रहनु भएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top