रुसमाथि अमेरिकाको नयाँ प्रतिबन्ध 

विश्व साउन २४ २०७५ ekhabarnepal
333333father daughter rex 09082018082715 600x0

काठमाडौं श्रावण २४, 
 अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने जनाएको छ । रुसी पूर्व गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरी माथि स्नायुमा असर पर्ने नर्भ एजेन्ट हमलाका विषयमा मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकाले निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ ।

रुसले रसायनिक तथा जैविक हतियारको आफ्नै नागरिक माथि प्रयोग गरि अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको अमेरिकाले दाबी गरेको छ । २२ अगष्ट देखी लागु हुने नयाँ प्रतिबन्ध विद्युतिय सामाग्रीको निर्यातमा लगाईएको हो । ९० दिन सम्म आफ्नो क्रियाकलापको उचित स्पष्टीकरण दिन नसके संयुक्त राष्ट्रसंघले रसायनिक हमलाबारे विस्तृत अनुसन्धान गर्ने बीबीसीले जनाएको छ ।

गत जुलाई १६ मा अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको सम्मेलनले दुई मुलुकबीचका असमझदारी हटाएको दाबी गरिए पनि एक महिना नपुग्दै अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको हो ।

प्राप्त प्रतिकृयाहरू

To Top