ईरानमाथि ट्रम्पको 'नयाँ प्रतिबन्ध' 

विश्व साउन २२ २०७५ ekhabarnepal
Timthumb 5564765

रुपन्देही साउन २२,  
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि नयाँ प्रतिबन्ध लगाएका छन् । ईरानसँग यो प्रतिबन्ध सन् २०१५ को परमाणु सम्झौतापछि हटाइएको थियो । यद्यपी ट्रम्पले यो पनि भनेका छन् कि ईरानसँग नयाँ परमाणु सम्झौताबारे पनि विचार गरिएको छ । यसै वर्ष मेमा ट्रम्पले ईरानसँग भएको परमाणु सम्झौताबाट बाहिर निस्कने घोषणा गरेका थिए । ईरानमाथि परमाणु प्रतिबन्ध पुन: लागू भएपछि भारतजस्ता देशलाई प्रभाव पर्ने बताइएको छ ।

यस विषयमा ट्रम्पले भनेका छन्, ‘अमेरिकाद्वारा ईरानमाथि परमाणु सम्बन्धित प्रतिबन्ध नयाँ ढंगबाट लगाइएको छ । यस प्रतिबन्ध १४ जुलाई २०१५ मा संयुक्त वृहत कारबाही योजना (जेसीपीओए) को तर्फबाट हटाइएको थियो ।’

अमेरिकी राष्ट्रपतिले भने कि परमाणु सम्बन्धी प्रतिबन्ध ५ नोभेम्बर २०१८ बाट लागू हुनेछ । यसमा ईरानको ऊर्जा क्षेत्रलार्ए लक्षित गरेर प्रतिबन्ध लगाइएको छ । यस प्रतिबन्धबाट पेट्रोलियम सम्बन्धी लेनदेन पनि रोकिनेछ । यसका अलवा विदेशी वित्तीय संस्थाहरुबाट ईरानको केन्द्रीय बैंकसँगको लेनदेन पनि ठप्प हुनेछ । तर, ट्रम्पले ईरानसँग व्यापक परमाणु सम्झौताबारे पनि सोचिने बताएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top