इन्डोनेसियाको लोम्बक टापूमा शक्तिशाली भूकम्प: ८२ जनाको मृत्यु ,सयौं घाइते  

विश्व साउन २१ २०७५ ekhabarnepal
20180806153354001111111

इन्डोनेसिया साउन २१,  
इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व विभाग (यूएसजीएस)ले जनाएको छ । 

भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् ।एक हप्ता पहिले पनि  भूकम्पका कारण उक्त क्षेत्रमा रहेको पर्यटकीय टापू लोम्बकमा १७ जनाको मृत्यु भएको थियो । आइतबारको भूकम्पको केन्द्रविन्दु लोम्बकको सतहबाट १० किलोमिटर गहिराइमा रहेको यूएसजीएसले बताएको छ । 

अधिकारीहरूले भूकम्पपछि लोक्बक र वरपरका क्षेत्रमा सुनामी आउने चेतावनी दिँदै नागरिकहरूलाई सामूद्रिक क्षेत्रबाट टाढा रहन आग्रह गरेका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । इन्डोनेसियाको मौसम,जलवायु, तथा भूगर्वविज्ञान हेर्ने निकायका प्रमुख डिकोरिता कर्नावतीले स्थानीय टेलिभिजनमार्फत नागरिकलाई सामूद्रिक सतहदेखि अग्लास्थानमा गएर बस्न र सूनामीको प्रभाव शान्त भएपछिमात्र घर फर्कन आग्रह गर्नुभएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top