कविता नेपालीले उचालिन‘बुगीवुगी’डान्सिङको उपाधी

मनोरञ्जन साउन २० २०७५ ekhabarnepal
Kabita nepali 862153924buggi

काठमाडौं 
 ‘बुगीवुगी’ डान्सिङ कम्पिटिसनको उपाधी सर्लाहीकी कविता नेपालीले उचालेकी छन् । नेपालकै पहिलो डान्सिङ कम्पिटिसनको उपाधी ११ कक्षामा अध्ययनरत १८ वर्षीया कविताले उचाल्दा उनको पोल्टामा २५ लाख रुपैयाँ नगद पनि हात पारिन् ।

एपीवान टेलिभिजनद्वारा आयोजित उक्त अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’ मा प्रगति पुन फस्ट रनरअप भइन् भने सरोज मोक्तान सेकेन्ड रनरअप बने । उनीहरुले क्रमशः ६ लाख र ४ लाख रुपैयाँ प्राप्त गरे । 

अनलाइन अडिसनमार्फत देशभरबाट बुगीवुगीका लागि तीन हजार डान्सर सहभागी भएका थिए । तीमध्ये एक सय ५० जनालाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । 
करिब आठ महिनासम्म चलेको कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top